२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निषेधाज्ञा :उपत्यकाको चहलपहल शून्य, अत्यावश्यक कामबाहेक हिँड्नेलाई रोक

निषेधाज्ञा :उपत्यकाको चहलपहल शून्य, अत्यावश्यक कामबाहेक हिँड्नेलाई रोक


काठमाडौं । बुधबार रातीदेखि लागु भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडक र गल्ली सुनसान देखिएका छन् । उपत्यकाका तीनै जिल्ला (भक्तपुर , ललितपुर र काठमाडौं) मा आज विहानै देखि कडाइ गरिएको छ ।

अहिले चोक-चोकमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ।

अत्यावश्यक सेवाभित्रै पर्ने भए पनि खाद्यान्नका पसल, तरकारी, फलफुल तथा दूध डेरी दिनैभरि खुलाउँदा भिडभाड बढ्ने र कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले बिहान ७ बजेसम्म मात्रै खुलाउन प्रशासनले आग्रह गरेको छ ।

तीनबटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्।

काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा: के गर्न पाइन्छ ? के पाईंदैन ? (निर्णय सहित)

प्रशासनले अनावश्यक रुपमा बाहिर निस्कीएको पाइएमा विद्यमान कानून अनुसार कारवाही गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गरे १ महिना कैद वा ५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० अनुसार स्थानीय प्रशासन वा सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

यस्तै, संक्रामक रोग ऐन, २०२० को दफा २ मा मानिसमा कुनै पनि संक्रामक रोग उब्जे वा फैलिए वा फैलिने सम्भावना देखिए नेपाल सरकारले सो रोग निर्मूल वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij