
काठमाडौं । सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै अर्थमन्त्रालयले राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका छन्।
अधिकारी यसअघि अर्थमन्त्रालयको सहसचिवबाट अवकास पाएका थिए। उनी अहिले राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij