२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनको मूल्य एक लाख माथि पुग्यो

सुनको मूल्य एक लाख माथि पुग्यो


काठमाडौं । सुनचाँदीको भाउ आज फेरी बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज तोलामा २ हजार २ सयले बढेर १ लाख ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन २ सयले घटेर ९८ हजार २ सयमा कारोबार भएको थियो ।

त्यसै गरी आज तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा तोकिएको छ । सोमबार तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।सोमबार चाँदी तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij