
काडमाडौं । सुनको भाउ आज पनि केहि घटेको छ । छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यसै गरी आज तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij