
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तेजावी सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij