२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हवाई तथा समग्र पर्यटन सेवा सञ्चालनको वातावरण बनाउन पर्यटन मन्त्रीलाई आग्रह

हवाई तथा समग्र पर्यटन सेवा सञ्चालनको वातावरण बनाउन पर्यटन मन्त्रीलाई आग्रह


काठमाडौँ । पर्यटन व्यवसायमा आवद्ध विभिन्न संघ संस्थाहरुले लामो समयको बन्दाबन्दीले गर्दा पर्यटन तथा होटल उद्योग धराशयी अवस्थामा पुगेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ध्यान आकर्षण गराएका छन् ।

सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान, होटल तथा पर्यटकीय क्षेत्र बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा तथा अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान, होटल लगायतका पर्यटकीय सेवाका क्षेत्रलाई आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी झनै बढीरहेको यो समयमा सरकारले आगामी भदौ १६ गतेदेखि हवाई सेवा, होटल तथा पर्यटकीय सेवालाई सञ्चालनको वातावरण बनाउन यर्पटन व्यवसायीहरुले मन्त्री भट्टराईलसँगआग्रह गरेका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे«किङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल , होटल एशोसिएशन नेपाल ,नेपाल पर्वतारोहण संघ, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो),नेपाल एशोसिएशन अफ टुर अपरेटरस (नाटो) ,नेपाल फ्रइट फरवर्डस एशोसिएसन (नेफा), एक्सपीडिशन अपेरेटर्स एशोसिएशन नेपाल, नेपाल पर्यटक यातायात ब्यवसायी संघ, हिमालय उद्धार संघ, गाउँपर्यटन प्रबद्र्धन मञ्च नेपाल, टुरिष्ट बस एशोसिएशनअफ नेपाल , नेपाल योगा एशोसिएशन, कैलाश यात्रा संघ , गुरुङ पर्यटन ब्यवसायी संघ, नेपाल (जिटिन), शेर्पा पर्यटन ब्यवासयी संघ, नेपाल (यसटिन),नेपाल मगर पर्यटन समाज, ठमेल पर्यटन विकास परिषद् र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपालले मन्त्री भट्टराई समक्ष संयुक्त रुपमा ध्यानआकर्षण गराएका हुन् ।

सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा पर्यटन उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि पर्यटन सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

सङ्घले लामो समय पर्यटकीय सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

ध्यानआकर्षण पत्रमा भनिएको छ – ‘पछिल्लो दुई महिना देखि चाटर्ड र रिप्याट्रिएसन उडान गरि दैनिक ७ देखि १० वटा हवाई उडान संचालन भई रहेकोमा उक्त उडानहरुले समग्र पर्यटन क्षेत्रलाई नसमेटेको साथै राज्यको आर्थिक गतिविधिमा खासै योगदान नपुराएको हुंदा नियमित हवाई सेवा सुचारु नगरी पर्यटकीय गतिविधीहरुको संचालन हुने अवस्था सृजना नभएमा हाल सम्म संयमित भइरहेका व्यवसायी तथा यसमा आश्रित कर्मचारी तथा मजदुरहरुको धैर्यता टुटी आन्दोलनमा जाने बाहेक अरु विकल्प हुन नसक्ने तर्फ समेत हामि सम्पूर्ण पर्यटन सम्बद्ध संगठनहरु ध्यानाकर्षण गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij