२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार एक सयमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij