२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनचाँदीको भाउ फेरि बढ्यो

सुनचाँदीको भाउ फेरि बढ्यो

काठमाडौं । बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वमा कोरोना महामारीका कारण सुनमा लगानीकर्ता आकर्षित भएपछि सुनको मुल्य लगातार बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij