
काठमाडौं । सोमबारको नेप्से परिसूचक ३७.७४ अंकले बढेर १४३० अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार ११.३० अंकले बढेर बन्द भएको सेयर बजारमा सोमबार पनि उच्च अंकको वृद्धि देखिएको छ ।
यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।
सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७५ लाख र अजोड इन्स्योरेन्सको ४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । दुई वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ५. ७० प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij