
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्य केहि घटेको छ । लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैंया घटेको हो ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैंयामा करोबार भएको छ । त्यसै गरी तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।
आज अन्तर्राष्टिय बजारमा सुन १८ डलरले घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।
आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने प्रतितोला पाँच रुपैंयाले बढेको छ । चाँदी आज तोलाको १४ सय १० रुपैंया पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij