२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आपूर्ति विभागले अत्यावश्यक सेवामात्रै प्रवाह गर्ने

आपूर्ति विभागले अत्यावश्यक सेवामात्रै प्रवाह गर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको छ ।

विभागले कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवा केही दिनका लागि स्थगन गरेको हो ।विभागले केहि सेवा आजदेखि अनलाइनबाटै लिन सकिने व्यवस्था पनि गरेको छ ।

विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरिएको जनाएको छ ।

त्यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम सिमीत मात्रामा गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij