२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अब फर्म रजिष्ट्रेसन तथा नवीकरण अनलाइनबाटै

अब फर्म रजिष्ट्रेसन तथा नवीकरण अनलाइनबाटै

काठमाडौं । अब अनलाइनबाटै फर्म रजिष्ट्रेशन र नवीकरण गर्न सकिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसाय दर्ता र नवीकरण लगायतका काम अनलाइनबाटै गर्न शुरु गरेको हो ।

कोभिड-१९ महामारीको संक्रमण जोखिम बढिरहेका बेला विभागले ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीलयातका काम अनलाईनबाटै शुरु गरेको हो ।

विभागका अनुसार प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नविकरण, संशोधन र खारेजीका लागि विभागको वेबसाइटमा गई अनलाइन फर्म दर्ता भन्ने लिङ्कमा गएर निवेदन दिन र आवश्यक कागजात पेश गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij