
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज प्रतितोलाको एक लाख ३ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्यसँगै सुनले नयाँ रेकर्ड कायम गरेको छ ।
विहीबार प्रतितोला ११ सय रुपैंया बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो । त्यसै गरी आज तेजावी सुन प्रतितोला एक लाख ३ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैंया बढेर तोलाको १४ सय ५ रुपैंया पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij