
काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुनस्सञ्चालन गर्ने निर्णय गरेको भएता पनि सो निर्णय कार्यान्वयन हुने स्थिति नरहेको सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढीरहेकाले सरकार उक्त निर्णयबाट पछि हटेको हो । सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेको भएता पनि पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन्।
उनले भने हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ,ू
सरकारले विदेशमा रहेका करिब ४५ हजार नागरिकको उद्धार गरिसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij