
काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि तोलामा ११ सय रुपैंयाले बढेको छ । बुधबार सुन प्रतितोला १६ सय रुपैंयाले बढेर एक लाख एक हजार ४ सय रुपैंयामा कारोबार भएको थियो ।
आज सुन प्रतितोला ११ सय रुपैंयाले बढेर एक लाख दुई हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी आज तेजावी सुन प्रतितोला एक लाख दुई हजार रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसै गरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ५० रुपैंया बढेर तोलाको १३ सय ४५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगो भएपछि नेपालमा पनि सुन महँगो भएको हो । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा मन्दी देखिए पछि सुनमा लगानी बढ्दाँ सुनको भाउ लगातार बढी रहेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij