२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको एक लाख नाघ्यो

सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको एक लाख नाघ्यो


काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १६ सय रुपैंयाले बढेर सुन तोलाको एक लाख रुपैयाँ नाघेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी तेजावी सुन प्रतितोला एक लाख ९ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैंयाले बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैंयामा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij