२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एक लाख नजिक सुनको भाउ, चाँदीको भने स्थिर

एक लाख नजिक सुनको भाउ, चाँदीको भने स्थिर


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोलाको ९९ हजार ८ सय रुपैंया पुगेको छ ।

आज सुन तोलामा २ सय रुपैंयाले बढेर ९९ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने तोलामा दुई सय रुपैयाँ बढेको हो । कोरोनाको विश्व महामारीसँगै अर्थतन्त्रमा आएको मन्दीका कारण धेरै लगानीकर्ताले सुनमा लगानी सुरक्षित गर्दा सुनको भाउ विश्वभरी नै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij