
काठमाडौं । साता पहिलो दिन आइतबार पनि सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाएको छ।
आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी आज तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भएरहेको महासंघले जनाएको छ ।
गत साताभरिमा मात्र सुनको भाउ तोलामै ३ हजार ५सय रुपैयाँ बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९८ हजार ८ सय ६५ रुपैयाँ कायम भएको थियो।
त्यसै गरी आज चाँदी पनि तोलामै ३० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij