
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनिले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
बीमा कम्पनीले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij