
काठमाडौं । सेयर बजारमा बुधबार उच्च अंकको गिरावट आएको छ । अघिल्ला दुई दिनमा करिब ११ अंकले घटेको सेयर बजार आज २३.३६ अंकको गिरावट आएको हो ।
आज १८१ कम्पनीको १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम भने करिब ४३ करोडले बढेको छ । आज ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बिमा कम्पनी १९०।८२ अंकले घटेको छ भने निर्जिवन बिमा कम्पनी १५९।८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ ।
त्यसै गरी आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij