नबिल बैंकले व्यक्तिगत बचत खाताका ग्राहक वर्गलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको छ ।
योजना अन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बिमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख बिमा रकम प्रदान गरिनेछ ।
त्यसैगरी ५ हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।
नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।
यस योजनामा सामिल हुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बिमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बिमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।
सो सम्बन्धि सम्झौतामा नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij