२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यातायात कार्यालयका ३ जना कर्मचारी घुस सहित पक्राउ

यातायात कार्यालयका ३ जना कर्मचारी घुस सहित पक्राउ

यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनीहरुको साथबाट अख्तियारले १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij