२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु २ घाईते

बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु २ घाईते

काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुुई जना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा तीन जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुुग्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखाका २३ वर्षीय मनोजकुमार खड्काको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार रहेका अन्य दुुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij