
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमूख सामन्त गोयलसँग नीजि निवास खुमलटारमा ‘वान टु वान’ वार्ता गरेको खुलेको छ ।
स्रोतका अनुसार गोयलसँग पुगेका रअका अन्य पदाधिकारीबाहेक पनि प्रचण्डले भेट गरेको खुलेको हो । भेटमा नेपालको राजनीतिक अवस्था र भारतसँगको सम्बन्धका विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
गोयल खुमलटार पुग्दै गर्दा नेकपाका अर्का नेता प्रभू साह प्रचण्डनिवासमा थिए । तर, साहले सामुहिक भेटमा समेत बस्ने मौका पाएनन् । गोयल छिर्नासाथ उनी खुमलटारबाट निस्किएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij