२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पहाडी जिल्ला लमजुङमा बाढी : ४ को मृत्यु ७ जना वेपत्ता

पहाडी जिल्ला लमजुङमा बाढी : ४ को मृत्यु ७ जना वेपत्ता

उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ।

घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए।

‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु बेपत्ताको खोजी कार्य भइरहेको छ’ उनले भने।

दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि उत्पन्न बाढीमा आयोजनाका कामदारहरू परेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij