
प्रहरीले साहित्यकार रसुवाली कविलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनीसँगै रहेका पत्रकार संगीत स्रोतालाई समेत नियन्त्रणमा लिएर छाडेको छ । प्रर्दशनीमार्गमा अखिल (क्रान्तिकारी) को कार्यक्रम स्थलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सोधपुछका क्रममा संगीत स्रोता नयाँ पत्रिका दैनिकका पत्रकार भएको खुलेपछि उनलाई भने छाडिएको छ ।
उनलाई विप्लव नेकपाका विषयमा सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि उनलाई २ वैशाखमा सशस्त्र प्रहरी बल, हल्चोकको टोलीले बालाजुबाट पक्राउ गरेको थियो ।
उनी सत्तारुढ नेकपा रसुवा जिल्ला सचिव इन्द्र गोतामे जगतजंगका भान्जा हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij