२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विधयेक ल्याउनै नहुने भनेर संचारमन्त्री गरे प्रतिप्रश्न

विधयेक ल्याउनै नहुने भनेर संचारमन्त्री गरे प्रतिप्रश्न

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई लोकतन्त्रविरोधी भन्नेहरूलाई कानुन बनाएर जवाफ दिने बताएका छन् |

प्रतिनिधिसभा बैठकमा शुक्रबार आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बाँस्कोटाले सरकारले विधेयक ल्याउनै नहुने परिस्थिति निर्माण गरेकोमा प्रतिपक्षी कांग्रेसप्रति रोष प्रकट गरे ।

उनले सञ्चारमाध्यम आफैंले विश्वसनीयता गुमाउँदा चुनौती थपिएको जनाए । सरकारले समाचार लेखेकै आधारमा कसैलाई केही नभनेको भन्दै बाँस्कोटाले अतिरञ्जित तरिकाले सरकारलाई प्रेसविरोधीका रूपमा चित्रण गर्न खोजिएको बताए । प्रतिपक्षी कांग्रेसले राजनीतिक एजेन्डा नपाएपछि मिडियालाई परालको त्यान्द्रोका रूपमा समातेको आरोप लगाए । प्रेस काउन्सिललाई अझ प्रभावकारी र बलियो बनाउन खोजेको उनले दाबी गरे ।आजको कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij