२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘काफल पाक्यो…’ चरा संकटमा

‘काफल पाक्यो…’ चरा संकटमा

‘काफल पाक्यो, काफल पाक्यो…’ भन्दै सुरिलो ध्वनि प्रवाहित गर्ने कोइली चरी वसन्त ऋतुमा नेपाल भित्रिने पाहुना चरा हो। काफल पाकेको बताउने मात्रै होइन, ‘कोहो कोहो’ भन्ने अर्को प्रजाति पनि चैत–वैशाखको शुरुआतमै नेपाल भित्रिन्छ।

करिब ६ महिना यतै विचरण गर्छन्, अन्डा कोरल्छन्, बच्चा हुर्काउँछन् र आफ्नै स्थायी बासस्थान फर्कन्छन्। तर पछिल्ला वर्षमा कोइलीसहित वसन्त ऋतुमा नेपाल भित्रिने अन्य पाहुना चराको संख्या पातलिन थालेको छ। गर्मीयाममा तराई, मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकाजस्ता भू–भागमा बाक्लै देखिने र बाक्लै सुनिने कोइलीको आवाज अहिले धेरै घटेको पन्छीविद् डा. हेमसागर बराल बताउनुहुन्छ। नेपाल समाचारपत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij