
रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा सुक्खा पहिरो गएका कारण१७ जना कामदार सुरुङभित्रै थुनिएका छन् ।
बिहिबार राति ८ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र अलपत्र परेका हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा कामदार भित्रै थुनिएका हुन् ।
सुरुङभित्र रहेका ११ नेपाली र ६ जना चिनियाँ कामदार अहिले सुरुङभित्रै थुनिएको र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij