
‘वीर विक्रम २’को व्यंग्यात्मक समीक्षा गरेपछि साइबर अपराधमा पक्राउ परेका प्रनेश गौतम प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।
सेतोपाटीसँग कुरा गर्दै काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले प्रनेश प्रहरी हिरासतमा नै रहेको बताएका हुन्।
यसअघि उनलाई बिहिबार अबेर हरासत मुक्त गरिएको जनाइएपनि स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको उनको भनाइ छ।
शुक्रबार उनी विरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको छ। मुद्दा दर्तापछि शुक्रबार नै पेशी तोकिएको भएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij