लमही नगरपालिका ७ बनगैस्थित सम्राट सिमेन्ट उद्योगको निर्माणाधीन प्लान्ट भत्किँदा तीन मजदुरको मृत्यु भएको छ |
शुक्रबार राति २ बजे निर्माणको काम भैरहेको बेला प्लान्टको छैठौं तलाको छत भत्किँदा भारत झारखन्डका ४५ वर्षीय मंगल केस्यव, ४६ वर्षीय लाल साहेव र २२ वर्षीय दयाल हरेन्द्रको मृत्यु भएको हो ।