२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘सारेगम लिटल च्याम्प्स’मा प्रितम बने तेस्रो

‘सारेगम लिटल च्याम्प्स’मा प्रितम बने तेस्रो

भारतीय टेलिभिजन च्यानल ‘जिटिभी’ बाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ को आइतबार फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्।

छ जनाको ‘टप-६’ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ‘रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ‘ग्र्यान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानको प्रतिक्रिया थियो, ‘रोमान्टिक गीतमा तिमी अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि छौ।’

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते हैं’ र ‘तडप तडपके’ गीत खुबै रूचाइएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij