२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको आठ दिने भ्रमण सम्पन्न गरेर शनिबार अपरान्ह स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते त्यसतर्फ जानुभएको थियो । उपराष्ट्रपति पुनले भियनामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग भेट गर्नुका साथै दुई पक्षीय हित र पारस्परिक सहयोगका विषयमा छलफल गर्नुभएको थियो ।

भेटवार्तामा उपराष्ट्रपतिले पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij