२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

परिस्थिति नबिग्रए एक वर्ष भित्र प्रधानमन्त्री बन्छु : दाहाल

परिस्थिति नबिग्रए एक वर्ष भित्र प्रधानमन्त्री बन्छु : दाहाल

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पूर्व विदेश सचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा दुई देशबीचको सम्बन्धमा कुनै तात्विक अन्तर नहुने बताएका छन् ।

‘हिजो को परिघटनाबाट नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले पनि शिक्षा लिइसकेको स्थिति छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा दाहालले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र नेपालले पनि त्यस खालका परिस्थिति फेरि नहोदोरियोस् भन्नका निम्ति सतर्कता अपनाएको स्थिति छ। त्यसैले भारतको विदेश मन्त्री को हुन्छ भन्ने कुराले अब चाँहि तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन।’

अध्यक्ष दाहालले पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij