तीन महिनाअघि सुरु भएको वसन्तकालीन हिमाल आरोहण बिहीबार सकिएको छ । यस सिजनमा कम्तीमा ६ सय व्यक्तिले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अन्य हिमालमा २ सय हाराहारीले सफल आरोहण गरेको अनुमान छ ।

निर्देशक आचार्यले एक साताभित्र आरोहणमा सहभागी स्वदेशी, विदेशी र शेर्पाको संख्या सार्वजनिक हुने बताइन् । ‘आरोहणमा खटाइएका सम्पर्क अधिकृतले जानकारी गराउने क्रम जारी छ, केही दिनभित्रै आरोहणको जानकारी सार्वजनिक गर्छौं,’ उनले भनिन् ।
यस सिजनमा सगरमाथामा नौ जनाको मृत्यु भएको छ । सबै हिमालमा गरी मृत्यु हुनेको संख्या १७ पुगेको छ । विभागले यसपटक ३२ वटा हिमालका लागि १ सय १६ आरोहण दललाई अनुमति दिएको थियो । ती दलमा ८ सय ९५ जना थिए । सगरमाथाका लागि मात्रै ३ सय ८१ जनाले अनुमति लिएका थिए । सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij