
विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक इङल्याण्डले दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३११ रन बनाएको हो ।
पहिलो ओभरमा विकेट गुमाएको इङल्यान्डका लागि जासन रोय र जोय रुटले दोस्रो विकेटका लागि १०६ रनको साझेदारी गरेका थिए । त्यस्तै कप्तान इयों मोर्गन र बेन स्टोकबीच पनि चौथो विकेटका लागि १०६ रनकै साझेदारी गरेका थिए ।
इङल्याण्डका लागि बेन स्टोक, जासन रोय, कप्तान इयोन मोर्गन र जोय रुटले अर्धशतक प्रहार गरेका थिए ।
इङल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ८९ रन बनाएका थिए । उनले ७९ बलमा ९ चौका प्रहर गर्दै ७९ रन बनाएका थिए । त्यस्तै कप्तान मोर्गनले ५७ रन बनाएका थिए भने जासन रोयले ५४ रन बनाएका थिए । त्यस्तै जोय रुटले ५१ रन बनाएका थिए ।
इङल्याण्डका लागि जोनी बैरस्ट्रव पहिलो बलमा डक आउट भएका थिए । त्यस्तै जोस बटलरले १८, मोइन अलीले ३, क्रिस वोक्सले १३ रन बनाएर आउट भएका थिए । त्यस्तै लियाम प्लन्केटले अविजित ९ र जाफ्रो आर्चरले अविजित ७ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका बलर लुंगी एनगिडीले ३ विकेट लिए भने इमरान ताहिर र कागीसो रबाड़ाले २-२ विकेट लिएका थिए । त्यस्तै एन्डीले फेह्लुकवायोले एक विकेट लिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij