
राजधानीमा जारी प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश-१ लाई ७५ रनले हरायो । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले ४३।१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।
पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे । ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै त्याे योगफल तयार पारेका थिए । पुलिसको इनिङमा अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij