२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

५ दिन अगी अपहरणमा परेका बालकको शव बुधवार खोलामा

५ दिन अगी अपहरणमा परेका बालकको शव बुधवार खोलामा

वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका भारत बेतिया घर भई छपकैयामा काम गर्दै आएका २० वर्षीय विकास शर्मा र कलैया उपमहानगरपालिका– ११ का सिकेन्द्र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

दुबैको दाहिने खुट्टामा गोली लागेको छ। प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले करण अपहरणमा तीनजना संलग्न रहेको पाएपछि शर्मा र साहलाई नियन्त्रणमा लिएको थियो। करणको हत्या गरिसकेको खुलेपछि दुबैलाई लिएर प्रहरी घटनास्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij