२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौमा कोठा खोजिदिने भन्दै ठगि गर्ने पक्राउ

काठमाण्डौमा कोठा खोजिदिने भन्दै ठगि गर्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेज बनाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भई हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाबाट पक्राउ गरेर ल्याएको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

भट्टराईले पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खोजी दिने र खाली भएको भन्दै अनलाइनमार्फत खोजेबापत एक हजारदेखि १५ सम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ । आफूहरु ठगिएपछि प्रहरीमा उजुरी दिएको पीडित मदन शाहीले बताए । उनले ‘आइएमइ पे वालेट’ र ‘ई सेवा’ आइडीमा जम्मा गर्न लगाउने गरेको र पछि सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्बाट खुलेको छ । उनले २ सय ५० बढी व्याक्तिलाई ठगी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij