२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुरक्षा निकाय चुकेको राजधानी !

सुरक्षा निकाय चुकेको राजधानी !

संघीय राजधानीमा भएको शृंखलाबद्ध विस्फोटले सरकार प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा चुक्दै गएको त होइन भन्ने प्रश्न उब्जिएको छ । आइतबार अपराह्नदेखिका शृंखलाबद्ध विस्फोट, विस्फोटक पदार्थहरू फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ ।

ललितपुरको सातदोबाटोमा सोमबार विस्फोटक पदार्थ निष्क्रिय पार्दै सेना ।

समूहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि चन्द समूहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा गरेको छ ।

फागुनको २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाएलगत्तै सरकारले त्यस समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकाय परिचालन गरेको थियो । प्रहरीले देशैभरि उक्त समूहका नेता–कार्यकर्ता पक्राउलाई तीव्र पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij