२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पेरुमा ८ रेक्टरको शक्तिशाली भूकम्प

पेरुमा ८ रेक्टरको शक्तिशाली भूकम्प

दक्षिण अमेरिकी मुलुक  पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ।  स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो।

सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।

कतिपयले  तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन्। राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्-  पेरूमा निकै ठूलो धक्का महशुस भयो। ओछ्यान हल्लिएपछि ब्युझें।

भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन्।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij