२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पार्टी एकताको १ वर्षमा पनि सांगठनिक एकता अपुरो

पार्टी एकताको १ वर्षमा पनि सांगठनिक एकता अपुरो

नेकपा गठनको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो बन्न सकेको छैन । दुई अध्यक्ष र शीर्ष नेताहरू नयाँ आर्थिक वर्षको बजेट निर्माणको गृहकार्यमा व्यस्त हुँदा सचिवालय बैठकसमेत स्थगित भयो । पोलिटब्युरो नबन्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत अवरुद्ध भएको हो । जनसंगठनहरूको एकीकरण घोषणासँगै ३ जेठमा पोलिटब्युरो टुंग्याउने तयारी थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच गृहकार्य नपुगेको भनी पोलिटब्युरो घोषणा गरिएन ।

‘सचिवालय बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने सहमति थियो, तर बैठक कहिले बस्ने नै टुंगो छैन,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्षहरूबीच गृहकार्य सकिएपछि सचिवालयमा प्रस्तावित एजेन्डाहरूमा छलफल हुनेछ ।’ पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्ने योजनासहित ५ जेठमा बोलाइएको बैठक नेताहरूकै व्यस्तताका कारण स्थगित भएपछि थप गृहकार्य भएको छैन । आजको नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij