२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सहयोगी बिना नै सगरमाथा आरोहणको विश्व रेकर्ड

सहयोगी बिना नै सगरमाथा आरोहणको विश्व रेकर्ड

लीलबहादुर बस्नेतले नयाँ रेकर्ड बनाउने उदेश्यसहित सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।

सगरमाथा आरोही बस्नेतले २२ तारिखका दिन बिहान करीव ९ बजे सगरमाथाको चुचुरामा नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

सहयोगी बिनै एक्लै सगरमाथाको चुचुरोमा पुगेका बस्नेत शनिबार बिहान ११ बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

बस्नेतले आठ दिनभित्र सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं फर्कने पहिलो आरोहीको रेकर्ड बनाएको दाबी गरेका छन् । ‘अझै बाटोमा छु । शनिबार बिहान ११ बजेसम्म काठमाडौंस्थित विमानस्थलमा उत्रिने योजना छ’, उनले भने, ‘सबैको साथ रह्यो भने मेरो उदेश्यमा सफल हुन्छु ।’ उनले दश दिनको लक्ष्य राखेर सगरमाथा चढ्न काठमाडौंबाट हिँडेका थिए । लक्ष्य राखिएको दिनभन्दा दुई दिन अगाडि नै बस्नेतले उदेश्य पूरा गर्दै छन् ।

मे १८ तारिखका दिन काठमाडौंबाट शुरू भएको बस्नेतको सगरमाथा चढ्ने यात्रा मे २५ तारिखका दिन काठमाडौंमा अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij