
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा दुई सयभन्दा बढी घरको हुरीले छानो उडाए पछि तिनका परिवारलाई सांसद विनोद चौधरीले चौधरी १ सय बण्डल जस्तापाता सहयोग गर्ने घोषणा गरेका छन् ।
सांसद तथा चौधरी फाउण्डेशनका अध्यक्ष सांसद विनोद चौधरीले बिहीबार देवचुली नगरपालिकाको नाममा पत्र लेख्दै सहयोगको घोषणा गरेका हुन् ।
सांसद तथा चौधरी फाउण्डेशनका अध्यक्ष सांसद चौधरीले आफनो निर्वाचन क्षेत्रमा हुरीबतासले बिपन्नहरुको ब्यापक घर विस्थापित भएको जानकारी पाए लगत्तै त्यहाका घरवार बिहिनलाई सघाउन ब्यक्तीगत तर्फवाट एक सय बण्डल रंगिन जस्तापाता २ दिनभित्र नै उपलब्ध गराउने भएका हुन् ।
सांसद चौधरीले हुरी प्रभावित पुर्वी नवलपरासीको देबचुली नगरपालिकालाई बिहिवार पठाएको पत्रमा तत्काल उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । बजार मुल्य अनुसार उक्त टिन १० लाख मूल्य भन्दा बढिको हो । गत मंगलवार राति डेढ मिनेट आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका २ सय भन्दा बढि घर, गोठको छानो उडाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij