२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

५ जना ईन्जिनियर माथि अख्तियारको मुद्दा

५ जना ईन्जिनियर माथि अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतका तत्कालीन इन्जिनियर प्रेम बहादुर थापासमेत ५ जना उपर आरोप-पत्र दायर गरेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वत र कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी आयोजना बनाउदा निर्माण गरेको भन्दा बढी काम देखाएर ५ लाख २० हजार ९ सय ८१ रुपैया अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

साथै अख्तियारले ईन्जिनियर प्रेम बहादुर थापा र सि.डि.इ अमोध धितालसहित उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेश बहादुर पी.सी र कोषाध्यक्ष दिवाकर शर्मा लामिछाने विरुद्ध पनि मिलोमतो गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij