
गुठी संस्थानसँग देशभर ६ लाख २८ हजार ३ सय २० रोपनी जग्गा भए पनि उसको आफ्नै स्वामित्वमा भने केही हजार रोपनी मात्रै रहेको पाइएको छ । संस्थानको स्वामित्वमा मठमन्दिर, पाटीपौवा, सत्तल बगँैचा र खाली जग्गा गरी पहाड र उपत्यकामा ३ हजार रोपनी र तराईमा २ हजार बिगाहा रहेको छ ।
गुठी संस्थानको जग्गासमेत भूमाफियाले कब्जा गरेको जानकारी आउन थालेपछि जग्गाको विवरण तयार गरिएको उक्त संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाले बताउनुभयो ।
संस्थानका अनुसार सबैभन्दा बढी तराईको जनकपुर, महोत्तरी तथा उपत्यकामा गुठीको जग्गा बढी अतिक्रमण भएको छ । उपप्रशासक एवं प्रवक्ता थपलियाले क्लब, विभिन्न संघसंस्था र राजनीतिक पहुँचको आधारमा दर्जनौ रोपनी जग्गा अतिक्रमित भएको बताउनुभयो । आजको नेपाल समाचार पत्र दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij