२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विभिन्न आरोप लागेका बम्जन सिन्धुलीमा सार्वजनिक

विभिन्न आरोप लागेका बम्जन सिन्धुलीमा सार्वजनिक

आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन् । आफ्नै आश्रम रहेको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका छन् । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ ।

महिला, बालबालिका, युवा, जेष्ठ नागरिक लगाएतले तातो घाममा लाइन लागेर आशिर्वाद लिइरहेका छन् । बम्जनले भक्तजनको भिड नसकिएसम्म निरन्तर आशिर्वाद दिइरहने बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए ।

बोधि मार्गदर्शन मैत्री धर्मको १४ औं महामैत्री दिवसको समापनको अवसरमा उनले भक्तजनलाई दर्शन दिएका हुन् । दिवसको समापनको अवसरमा आयोजित ३ दिने कार्यक्रमको दोस्रो दिन शुक्रबार मात्रै उनले भक्तजनलाई दर्शन दिएको घिसिङले बताए । ७७ जिल्लाका भक्तहरु तथा अन्तराष्ट्रिय बोधि धर्म संघका पदाधिकारीहरु समेत गरि ५ हजार ५० जनाले आशिर्वाद लिइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij