२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मे ३० बाट सुरु हुने आईसीसी वर्ल्डकप को विजेताले कति पाउँछ ?

मे ३० बाट सुरु हुने आईसीसी वर्ल्डकप को विजेताले कति पाउँछ ?

मे ३० तारिखबाट इङ्ल्यान्ड र वेल्समा शुरु हुन गईरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने जनाएको छ। यो हालसम्मकै ठूलो पुरस्कार आईसीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार एउटा प्रेस विज्ञप्ति मार्फत विश्वकप विजेताको पुरस्कार राशी सार्वजनिक गरेको हो ।

विश्वकपको उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ भने, सेमिफाइनलमा पुग्ने टोलीले आठ आठ लाख र समूह चरणको विजेताले ४० हजार अमेरिकी डलर प्राप्त गर्ने जनाएका छन् ।

आईसीसीका अनुसार व्यक्तिगत स्पर्धाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। विश्वकपमा इङल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij