२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसिया कप ह्वीलचेयर क्रिकेट : नेपालकाे दाेस्राे हार

एसिया कप ह्वीलचेयर क्रिकेट : नेपालकाे दाेस्राे हार

एसिया कप ह्वीलचेयर टी-ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयाे ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।

यस्तै कप्तान दिगमसिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णुपुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १र१ विकेट लिए ।

यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij