
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ ।
आयोजनाको काम थालेको वर्षाै वितिसक्दा समेत काठमाडौंवासीले मेलम्चीको खानेपानी सुविधा अझै अन्यौल रहेको भन्दै संसदीय समितिले सरकारलाई तत्काल बाँकी काम अघि बढाउन निर्देशन दिएको हो ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन खानेपानी मन्त्रालयलाई सचेत गराएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन् ।
समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति सम्बन्धि ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ ।
बैठकमा खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी अघि बढाउन मन्त्रीपरिषदको बैठकमा प्रस्ताव सहित अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij